NCCA
नेपाली ख्रीस्टीयन चर्च
स्थापना २००७ · अल्डरशट र बेसिङस्टोक, यूके

नेपाली ख्रीस्टीयन चर्च

नेपाली ख्रीस्टीयन चर्च अल्डरर्शटको स्थापन २००७ सालमा भएको हो । यो मण्डली, विश्वव्यापी मण्डलीको एक स्थानिय मण्डली अथवा ख्रीस्टको सम्मिलित देह हो । यस देहको शिर ख्रीस्ट आफै हुनु हुन्छ। (कलस्सी १:१८ क ) र यो एक आत्मिक र संगठनात्मक (Spiritual and Organisational Structure ) संरचना हो । नेपाली ख्रीस्टीयन चर्च अल्डरर्शट जीवित वचन (बाइबल) को शिक्षामा आधारित पिता, पुत्र र पवित्र आत्मा, त्रिएक परमेश्वरमा विश्वास राख्ने, स्वतन्त्र र असाम्प्रदायिक स्थानिय मण्डली हो ।

Zoom मिटिङ आईडी: 811 4798 4812 · पासकोड: 637848

हामीसँग जोडिनुहोस्

आइतबार आराधना

मुख्य मण्डली

Holy Trinity Church

Victoria Rd, Aldershot GU11 1SJ

आइतबार, दिउँसो १:३० – ४:००

शाखा मण्डली

Melrose Community Association

587 Abbey Road, Basingstoke RG24 9ES

आइतबार, दिउँसो १:०० – ३:००

हाम्रो विश्वास

विश्वासको सार

हामी विश्वास गर्दछौं:

1

एक सत्य, पवित्र र सर्वशक्तिमान परमेश्वर माथि, जो पिता, पुत्र अनि पवित्रआत्मा त्रिएक परमेश्वर हुनु हुन्छ ।

2

वहाँको प्रेम, अनुग्रह र प्रभुत्वमाथि, जसद्वारा वहाँले सृष्टि गर्नु भयो, सम्हाल्नु हुन्छ, राज्य गर्नु हुन्छ, छुटाउनु हुन्छ र संसारको इन्साफ गर्नु हुन्छ ।

3

पवित्र बाइबाल माथि, जो परमेश्वरबाट प्रेरणा भएको धर्मशास्त्र हो, जो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई र उचित जीवन यापन गर्नलाई उपयोगि हुन्छ ।

4

प्रभु येशू ख्रीस्ट माथि जो मानव अवतार लिई संसारमा आउनु भयो। वहाँ पवित्रआत्माको शक्तिद्वारा गर्भ धारण हुनु भयो, कन्या मरियमबाट जन्मिनु भयो, र पनि पापरहित हुनुहुन्थ्यो ।

5

प्रभु येशू ख्रीस्टको उद्धारको बलिदान माथि, मानव जातिलाई पापबाट छुटकारा दिनको लागि वहाँ आफै पाप बनेर हाम्रो साटो क्रूसमा मर्नु भयो र मृत्यु र पाप माथि विजय भई हामीलाई पिता परमेश्वरसँग मिलाप गराउनु भयो ।

6

प्रभु येशू ख्रीस्टको पुनरुत्थान माथि, वहाँ मर्नेहरूमा पहिलो फल हुनुहुन्छ । वहाँ स्वर्ग चढी जानुभएर सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टी बस्नुभएको छ र परमेश्वर पिता र मानिसहरूका बिचमा मध्यस्थ हुनुहुन्छ ।

7

प्रभु येशू ख्रीस्ट माथि विश्वास गर्दा र परमेश्वर पिताको अनुग्रहबाट मात्र पापी मानिसले उद्धार पाउन सक्छ भन्ने वचन माथि हामी विश्वास गर्दछौं ।

8

पवित्र आत्मा प्रभुको सेवाकाई माथि, जसले हामीलाई पश्चातापमा डोऱ्याउँदछ, नयाँ जन्मद्वारा ख्रीस्टमा मिलाप गराउँदछ र हामीलाई चेलापनमा डोऱ्याई शक्तिशाली गवाहीहरू बन्न सहायता गर्दछ ।

9

पवित्र विश्वव्यापी मण्डली माथि र पवित्रहरूको संगति माथि ।

10

प्रभु येशू ख्रीस्टको दोस्रो आगमन माथि । वहाँले जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ र नयाँ स्वर्ग र नयाँ पृथ्वी सृजना गर्नुहुनेछ ।

हाम्रा मानिसहरू
LP
Laxmi Prasad Limbuवरिष्ठ पास्टर
LG
Lil Gurungसहायक पास्टर
MT
Mekh Thapaएल्डर
DA
Deborah Angdembeएल्डर
MS
Manju Sunuwarएल्डर
TL
Tubendra Limbuसचिव
PL
Pradip Limbuसहायक सचिव
YA
Yubraj Angbuhangकोषाध्यक्ष
DP
Deul Punडिकन
SR
Sudarsan Ratnaडिकन
FT
Furba Tamangडिकन
सम्पर्कमा रहनुहोस्

हामीलाई सम्पर्क गर्नुहोस्

प्रश्न, प्रार्थना अनुरोध, वा पहिलो पटक भेट्नुअघि नमस्ते भन्न चाहनुहुन्छ भने — हामी सुन्न चाहन्छौं।

हामी यी विवरणहरू तपाईंलाई जवाफ दिन मात्र प्रयोग गर्नेछौं।

हामी कसरी सेवा गर्छौं

हाम्रा सेवाकार्यहरू

सामुदायिक सेवाकार्य

Walk by Faith

NCCA को सामुदायिक सेवा मिशन — येशूको नाममा परिवार र छिमेकीहरूलाई व्यावहारिक रूपमा सहयोग पुर्‍याउँदै।

walkbyfaith.uk हेर्नुहोस्  →